किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गर्दै धर्ना
किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले सोमबार कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । ‘कृषि प्रधान देशमा किसानलाई मल, बीउबिजन उपलब्ध नहुनु बिडम्बना हो । माना रोपेर मुरी फलाउने बेलामा सरकार कानमा तेल हालेर बसेको छ ।
यसकारण कृषि ज्ञान केन्द्रमार्फत हामी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ पाँचथर जिल्ला आन्दोलन परिचालन समितिका संयोजक राजकुमार जोशीले घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै भने ।
‘एकातिर चर्को मूल्य वृद्धि छ भने अर्कोतिर मल, बिउको अभाव छ । यस्तो अवस्थामा आम जनताले गरी खान पाएका छैनन्, किसानले खेतीपाती गर्न पाएका छैनन् । त्यसैले सरकारको गैर जिम्मेवारीको हामी विरोध गर्दछौं,’ राप्रपाका जिल्ला नेता झलकमान थापाले भने ।
पार्टी कार्यालयबाट र्पालीसहित निस्केका राप्रपाका नेता कार्यकर्ताले किसानलाई सहज रूपमा मल उपलब्ध गराऊ, सुफत मूल्यमा बिउ बिजन वितरण गर, कृषक बाली वीमा गर भनेर नारा लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण