बाढीको कहर : विराटनगरमा तीन दिन विद्यालय बन्द गर्ने निर्णय
बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने महानगरपालिकाले निर्णय गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विस्थापितहरुलाई राख्ने ठाउँको अभाव भएको कारण आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको जानकारी दिए ।
‘बाढीले धेरै मानिस विस्थापित हुनुभएको छ, उहाँहरुलाई अहिले कहाँ राख्ने भन्ने विषयमा ठाउँको अभाव भयो,’ कोइरालाले भने, ‘त्यसो हुँदा हामीले विद्यालयमा राख्नका लागि तीन दिन विदा दिने निर्णय गर्यौं ।’ महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहित १९ वटै वडाका वडाध्यक्षहरूको उपस्थितिमा बसेको बैठकले बर्खे विदामा कटौती गर्ने गरी तीन दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको कोइरालाले जानकारी दिए ।
बैठकले अविरल वर्षाका कारण महानगरका विभिन्न क्षेत्रहरू डुबानमा परेको र डुबानको प्रकोप अझ बढ्ने सम्भावना रहेकाले आमनागरिकको सुरक्षाका लागि सामुदायिक, संस्थागत र परम्परागत विद्यालयहरूसहित सामुदायिक भवनहरुलाई आवासका लागि व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण