दुई तिहाईको नेकपाको सरकार माछो-माछो भ्यागुतो भयो : झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसदलाई जनताका आवाज घन्काउने थलोको रूपमा रहने व्यवस्था गरिरहनुपर्ने बताएका छन् ।
६४ औं संसद दिवसका अवसरमा पुर्व सांसद मञ्च नेपालले बिहीबार नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै दलका नेताहरूलाई झ्वाँक चलेको आधारमा संसद विघटन हुने गरेको बताए । उनले जनताको आवाज उठाउनु पर्ने थलोको रूपमा रहेको संसद राजनीति दलले नै अवरुद्ध गरेर जनताका आवाज कमजोर बनाउने गरेको बताए । उनले संसदप्रति राजनीतिक दल तथा नेता सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
उनले संसारका धेरै संसद भन्दा नेपालको संसद प्रगतिशील हुँदै गएको बताए । नेपालको संसदमा ३३ प्रतिशत महिला सहभागिता रहेकोले अन्य देशको संसद भन्दा नेपालको संसद परिपक्व बन्दै गरेको बताए ।
नेता खनालले दुई तिहाईको नेकपाको सरकार बनेपछि भूमिसुधार नीति लागू होला, कृषि क्रान्ति होला, उद्योगहरू स्थापना होला भन्दा माछो माछो भ्यागुतो भएको बताए ।
उनले सुखी नेपाली समृद्ध नेपाल भनेको के हो, वैज्ञानिक समाजवाद भनेको के हो ? त्यसबारेमा कुरा गर्नेहरूलाई बोलाएर बहस गराउन पुर्व सांसद मञ्चलाई बहस गराउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
-
९ करोड कमाउँदै ५१ औँ दिन मनायो ‘लालीबजार’ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण