जोखिम क्षेत्रको नक्साङ्कनको काम अन्तिम चरणमा
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनुपूर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङ्कनको काम अन्तिम चरणमा पुर्याएको बताएका छन् । बिहीबार सुनसरी चतरामा आयोजित विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा मन्त्री कार्कीले सधैको वर्षा पछि आउने समस्यालाई समाधान गर्नका लागि सरकारले बजेटको व्यवस्थापन गरेर काम गरेको बताएका हुन् ।
मन्त्री कार्कीले विपद्का वेला हरेक नागरिकको जिम्मेवारी उत्तिकै रहने भएकाले विपद्का बेला श्रोत साधनसहित मानसिक रूपमा तयार जनशक्ति उत्पादन गर्ने उल्लेख गरे । समाजमा सबै जिम्मेवार भएर काम गर्नुपर्नेमा उनको जोड छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद व्यवस्थापनको क्षेत्रमा प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको बताए । विपतलाई रोक्नका लागि विपत हुनुभन्दा अगाडि हुने विकास निर्माणका काम गर्दा समेत भू बनोट अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
देख्दा यथार्थ जस्तै लाग्ने अभ्यास मन्त्रालयले सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित चतरामा आयोजना गरेको हो । अभ्यासमा विपद्का बेला हुने घटनालाई अभ्यासमार्फत चित्रण गर्दै उद्धारको काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण