असारे भेलमा बग्दै विकास खर्च, एकै दिन १२ अर्ब ५४ करोड सकियो
आइतबार, १९ असार २०७९, ०६ : १६
मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ ।
आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन ।
कमिसनको चक्करमा एकै दिन अर्बौं रुपैयाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ । कमिसनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकासे मन्त्रालयका उच्च अधिकारीबीच मिलेमतो हुने गरेको पाइएको छ ।
विगतका वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलले त्यसै खेर फलिने पुरानै क्रमले निरन्तरता पाएको हो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण