पहिरोमा परी ३ जनाको मृत्यु, १ जनाको सकुशल उद्दार
आइतबार, १९ असार २०७९, १४ : ४५
पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।
पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले रुपलालका काका ७१ वर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो । पहिरोमा पुरिएर ५५ वर्षीय रुपलाल मगरलाई हिजो बिहान र उनको ४२ वर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ वर्षीया नातिनी एलिसा मगरलाई आज बिहान मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण