मन्त्री कुँवरद्वारा कोरियन भाषा परीक्षा केन्द्रको अनुगमन
मङ्गलबार, २१ असार २०७९, २० : २७
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्रणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा उनले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा जानकारी लिए । रोजगारीका लागि कोरिया जाने कामदारको परीक्षा प्रत्येक वर्ष इपिएस कोरिया शाखाले लिने गर्दछ ।
यस वर्ष गत जेठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र यही असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २०० जनाले परीक्षा दिइरहेका छन् । यस वर्ष ४४ हजार भाषा परीक्षामा सहभागी भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण