शाहरुखको जवानमा विजय सेतुपतिको इन्ट्री
बलिउडका ‘किङ’ खान शाहरुख ४ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन् । अभिनयमा कमब्याकको यो समय उनको हातमा ‘पठान’, ‘जवान’ लगायत केही प्रोजेक्ट छन् । जसको एकपछि अर्काे गर्दै घोषणा भइरहेका छन् ।
उनी अहिले ब्यस्त रहेको प्रोजेक्ट मध्येको एक ‘जवान’ पनि हो । यो फिल्म घोषणा समय देखिनै चर्चा छ । फिल्ममा उनको अपोजिटमा साउथकी लेडी सुपरस्टार नयनतारा छिन् ।
‘जवान’ मा अहिले साउथ सुपरस्टार विजय सेतुपति भित्रिएका छन् । रिपोर्टका अनुसार उनी कलाकार राणा दग्गुबातीको ठाउँमा भित्रिएका हुन् । दग्गुबाती अन्य प्रोजेक्टमा ब्यस्त भएर समय दिन नसक्ने भएपछि विजय भित्रिएको बताइन्छ ।
फिल्मका निर्देशक एटली हुन् । उनी तमिल फिल्मका निर्देशक हुन् । फिल्ममा शाहरुखका साथ दीपिका पादुकोण, सान्या मल्होत्रा, सुनील ग्रोवर लगायतको मुख्य भूमिका रहनेछ । रेड चिली प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको ‘जवान’ का निर्माता गौरी खान हुन् । फिल्मको रिलिज २ जुन २०२३ बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : पदाधिकारीकाे मतदान सकिएपछि विवाद, ढोका बन्द भएपछि प्रतिनिधिको दबाब
-
४८ टोली सहभागी विश्वकपका कमजोरी देखाउने खेलहरू
-
कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
-
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
-
रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण