शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना

शुक्रबार, १२ असार २०८३, १३ : २१
शुक्रबार, १२ असार २०८३

सारांश

  • ललितपुर महानगरपालिकाले जावलाखेलमा एक दिने सीप तथा रोजगार मेला आयोजना गरेको छ।
  • यस मेलाको उद्देश्य सीप सिक्न चाहने व्यक्ति र सीप सिकाउने संस्था वा व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्नु हो।
  • मेलामा आर्टिफिसियल इन्टेलिजेन्स, क्राफ्टिङ, मोटरसाइकल मर्मत र कुकिङ जस्ता विभिन्न सीपमूलक क्षेत्रका स्टलहरू समावेश छन्।

ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलमा आज एक दिने सीप तथा रोजगार मेला आयोजना गरेको छ। यस मेलामा सीप सिक्न चाहने व्यक्ति र सीप सिकाउने संस्था वा व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने वातावरण बनेको छ। 

सीपयुक्त जनशक्ति र रोजगारदातालाई एउटै थलोमा भेट गराउने उद्देश्यले महानगरले यो कार्यक्रम सञ्चालन गरेको हो।

रोजगार मेलामा विभिन्न क्षेत्रसँग सम्बन्धित स्टलहरू राखिएका छन्। मेलामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), क्राफ्टिङ, मोटरसाइकल मर्मत तथा कुकिङ लगायतका विविध सीपमूलक क्षेत्रका स्टलहरू समावेश छन्। यहाँ आउने युवा तथा इच्छुक नागरिकहरूले आफ्नो रुचि अनुसारका सीप र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिइरहेका छन्। 

Perl Expo_NPL (1)Perl Expo_NPL (2)Perl Expo_NPL (4)Perl Expo_NPL (5)Perl Expo_NPL (6)Perl Expo_NPL (7)Perl Expo_NPL (8)Perl Expo_NPL (9)Perl Expo_NPL (10)Perl Expo_NPL (11)Perl Expo_NPL (13)

तस्बिर : सूर्यान्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप