शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रास्वपा महाधिवेशन : पदाधिकारीको मतदान सकिएपछि विवाद, मत हाल्न पाउनुपर्ने भन्दै प्रतिनिधिको दबाब

दुई मिनेटभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह
शुक्रबार, १२ असार २०८३, १७ : ४२
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा पदाधिकारी निर्वाचनको मतदानको अन्तिम चरणमा विवाद भएको छ।
  • मतदानको समय सकिएपछि ढोका बन्द हुँदा एक समूहका प्रतिनिधिले मतदान गर्न पाउनुपर्ने भन्दै दबाब दिएका छन्।
  • केन्द्रीय निर्वाचन आयोगले टाढाबाट आएका प्रतिनिधिहरूलाई मध्यनजर गर्दै मतदानको समय ३० मिनेट थप गरेको छ।

काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदानको अन्तिम चरणमा विवाद देखिएको छ।

मतदानका लागि तोकिएको समय सकिएर मतदानस्थलको ढोका बन्द भएपछि एक समूह प्रतिनिधिले आफूहरूलाई पनि मतदान गर्न दिनुपर्ने भन्दै दबाब दिएका छन्।

यसबिच, केन्द्रीय निर्वाचन आयोगले टाढाबाट आएका प्रतिनिधिहरूलाई मध्यनजर गर्दै मतदान समय ३० मिनेट थप गरिएको जनाएको छ। आयोगका अनुसार थपिएको समयभित्र मतदानस्थलको हलभित्र रहेका प्रतिनिधिलाई मात्र मतदानको अवसर दिइनेछ।

निर्वाचन आयोगले मतदान प्रक्रियामा सहभागी हुनका लागि भौचर भरिसकेका प्रतिनिधिलाई दुई मिनेटभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। 

उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको थियाे। आयोगका अनुसार पदाधिकारीको मतदानमा १२/१३ सयको हाराहारीमा मत खसेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप