काङ्ग्रेस नेता देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी
परासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी भएका छन् ।
नेता कण्डेल आफनो लोकिप्रियता र संगठनको आधारमा अधिक मत प्राप्त गर्दै आफनो निकटतम प्रतिद्वन्द्वी बाम गबठन्धनका उम्मदेवार एवं माओबादी केन्द्रको पोलिटब्युरो सदस्य घनश्याम यादवलाई १० हजार २ सय ३२ मतले पराजित गरेका हुन् ।
निर्वाचन अधिकृतकको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार नेता कँडेलले ३४ हजार १ सय ४३, घनश्याम यादव २३ हजार ८ सय ९८ र राजपा नेपालका उम्मदेवार गोविन्द चौधरीले १६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् ।
नेता कँडेल, घनश्याम यादव र गोविन्द्र चौधरी नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मदेवार थिए । यी तिनवटै उम्मदेवारको यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो तर नेता कँडेलेको शुरु देखिको बर्चश्वले अन्य दुईटा उम्मदेवारको मनमा निराशा छाएको थियो ।
यस क्षेत्रमा कुल १ लाख ५ हजार ८ सय ६९ मतदाता रहेका छन् । जसमध्ये यस क्षेत्रमा कुल ७७.५७ प्रतिशत मत खसेको थियो । यस क्षेत्रमा ५ हजार भन्दा बढी मत बदर समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण