भारतीय गाडीको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु
शुक्रबार, ०६ साउन २०७९, ०८ : ०१
मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचाेकमा भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको टेलरको ठक्करबाट आज बिहान ६ बजे मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीम बहादुर राई रहेको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार कार्कीले जानकारी दिए ।
विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर प्लेटका एफ आर ३८ एफ २२१० नम्बरको टेलर गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक परियार र सवार राई घाइते भई उपचारको क्रममा विराट मेडिकल कलेजमा दुवै जनाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको सवारी र चालक दुवै जानलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण