शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जितको उत्साहसँगै सम्वृद्धिको कामना: कपिलवस्तुमा दीप प्रज्वलन

मङ्गलबार, २६ मङ्सिर २०७४, ०९ : ३९
मङ्गलबार, २६ मङ्सिर २०७४

कपिलवस्तु - आफ्ना उम्मेदवार निर्वाचनमा विजयी भएसँगै खुसी साट्ने क्रममा यहाँको जिनुवामा देशमा विकास र सम्बृद्धिको कामना गर्दै दीप प्रज्वलन गरीएको छ ।

निर्वाचनको अन्तिम नतिजा आएसँगै विजयी उम्मेदवार र दलले खुसी बाड्ने क्रममा यहाँको वाणगंगा नगरपालिका वडा नं ९ जिनुवामा देशमा विकास र सम्बृद्धिको कामना गर्दै दीप प्रज्वलन गरेर खुसी साटिएको हो ।

गए राती जिनुवाको देउराली चोकमा सयौँको संङ्ख्यामा उपस्थित नेता तथा कार्यकर्ताको बीचमा नेपालको नक्सा बनाई त्यस भित्र दिप प्रज्वलन गरीएको हो । नक्सा भित्र प्रदेश, वाड र टोलका अङक समेत लेखिएको थियो भने सुर्य र गोलाकार भित्रको हसिया हथौडा समेत बनाइएको थियो ।

यहाँको प्रतिनिधिसभा १ मा पुर्वराजदुत दीपकुमार उपाध्यायलाई ९ सय ४६ मतले पराजित गर्दै पुर्व डेपुटी कमान्डर चक्रपाणि खानाल (बलदेब) बामगठबन्धबाट निर्वाचित भएका छन् । उनी विजयी भएसँगै बामगठबन्धन जिनुवाको आयोजनमा दीप प्रज्वलन गरिएको निर्वाचन परिचालन समितिका सयोजक कुमार मधु बेल्वासेले रातोपाटीलाई जानकारी दिए ।

उनले भने “अब देश विकास र सम्बृद्धिको बाटोमा जानुपर्छ, विजयी उम्मेदवारले त्यसतर्फ ध्यान केन्द्रित अनुपर्छ तब जितको सार्थकता हुन्छ ।

३ प्रतिनिधि र ६ प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधिसभामा २ क्षेत्र र प्रदेशसभा ४ गरी ६ स्थानमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । भने १ प्रतिनिधिसभा र प्रदेशतर्फ १ स्थानमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । साथै १ प्रदेशसभामा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप