बलात्कार पीडितलाई हौसला दिन नितिनले बनाए ‘जिन्दगीमा’ गीत
लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘जिन्दगीमा’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार पारिएको गीत गायनमा नितिनलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।
मुनाल शिशिर कोइरालाको शब्द तथा राजेश थापाको संगीत रहेको गीतको भिडियोमा भने बलात्कारविरुद्धको सन्देश समेटिएको छ । भिडियोमा बलात्कार जघन्य अपराध हो । बलात्कृत नारीले आत्मसम्मान र स्वाभिमानका साथ जिउन पाउनुपर्छ भनिएको छ । बलात्कारको पिडा बलात्कारीले नभएर स्वयं बलात्कृत नारीले भोग्छे भनेर समेत देखाउन खोजिएको भिडियोमा विजु पार्की र सुनिशा बजाजको मुख्य अभिनय रहेको छ ।
भिडियोले कथा मार्फत सबैले बलात्कृत महिलालाई हेर्ने आफ्नो सोच बदल्न सक्यो भने समाज आफै बदलिन्छ भनेर बुझाउन खोजिएको छ । भिडियोमा बालकलाकार ईशब घिमिरेको समेत अभिनय छ । सफल मोसन पिक्सचरले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोका निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । गीत तथा भिडियो बलात्कारको बिषयमा सामाजिक सन्देश दिन निर्माण गरेको गायक नितिनले बताए । गीतले समाजमा बलात्कारको बिषयमा चेतनाको विस्तार गर्ने विश्वास आफूले लिएको नितिनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण