आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
शुक्रबार, १३ साउन २०७९, ०६ : ०७
आज देशभर आंशिक देखि सामान्य बदली रहने भएकाे छ । अहिले बिहान प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भारी वर्षाको संभावना रहेको भू-भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख
-
जातीय भेदभाव हटाउन सांसदकाे माग
-
गृहमन्त्रीको निर्देशन– मेरो गाडीको कालो सिसा पनि हटाउनुस्
-
मनसुन सक्रिय भएसँगै लुम्बिनीका किसान रोपाइँमा व्यस्त
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित सात जनाको थुनछेक बहस सकियाे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधन हटाउन माग गरिएको रिट दरपीठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण