दुई महिनादेखि सुकिलुम्बा विमानस्थल बन्द
इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा हालसम्म पनि सञ्चालन हुनसकेको छैन । करिब रु ३० करोडको लागतमा निर्माण गरिएको विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न बाध्य भएका छन्।
इलाम सदरमुकाम नजिकै निर्माण गरिएको विमानस्थल गत फागुन १ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो । उद्घाटनपछि केही समय सातामा दुई पटक उडान गर्दै आएकामा बन्द गरिएपछि जिल्लावासीमा पुनः निराशा पलाएको छ । वर्षौँदेखि निर्माण सुरु भएको विमानस्थल केही समय उडान भएर पुनः बन्द हुँदा यस विमानस्थलको भविष्य नै अन्धकारमा पर्ने हो कि भन्ने चिन्ता छाएको इलामबासीले बताउँदै आएका छन् । स्थानीयवासी बालकुमार पोखरेलले उडान बन्द भएपछि अब उडान हुन्छ या हुँदैन भन्ने नै अनिश्चित भएको बताउनुभयो ।
यस विमानस्थलमा तारा एयरको विमानले उडान गर्दै आएको थियो । इलाम नगरपालिका र तारा एयरबीच सम्झौता भएर उडान सुरु गरिएको यस विमानस्थलमा सम्झौताको म्याद सकिएपछि उडान बन्द गरिएको हो । गत जेठमा तारा एयरको ट्विनअटर विमान दुर्घटना भएको र त्यस पछि सम्झौताको समयसमेत सकिएको थियो । स्थानीयवासीले उडान नियमित गराउनुपर्ने भन्दै विरोध र खबरदारी गर्दै आएका छन् ।
नागरिक उड्ययन प्राधिकरणको ध्यानाकर्षण गराउन जिल्लाका सङ्घीय र प्रदेश सरकारले चासो राख्नुपर्ने बताउँदै आएका छन् । यस विषयमा नगरपालिकाले पनि चासो दिएको र पहल गरिरहेको नगरप्रमुख केदार थापाले बताउनुभयो । उनले यस विषयमा माथिल्लो निकायसँग पहल भइरहेको बताउनुभयो । इलामबाट नियमित उडान हुनसके पूर्वी पहाडी जिल्लासहित भारतको सिक्किम, मिरिक, दार्जिलिङलगायत छेत्रका बासिन्दालाई सहज हुने थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण