उत्तमको निर्देशन रहेको ‘चौतारीमा लर्के बर’ सार्वजनिक
शुक्रबार, १३ साउन २०७९, १६ : २६
अम्बिका बस्नेत र रामकुमार नेपालीको स्वरमा रहेको तीज गीत ‘चौतारीमा लर्के बर’ सार्वजनिक भएको छ । अम्बिकाकै शब्द, शारदा रसाइलीको लय र नारायण दंगालको एरेञ्ज रहेको गीतको भिडियो पनि बनेको हो ।
वरिष्ठ कलाकार उत्तम केसीको निर्देशन रहेको भिडियोमा शोभा त्रिपाठी, निक शर्मा, विपना बस्नेत र देवराज बस्नेतको अभिनय तथा नृत्य छ । निरेन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोलाई देवराज बस्नेतले निर्माण गरेका हुन् । राम केसीको छायाँकन र राजकुमार मगरको सम्पादन भिडियोमा छ । ब्राण्ड यु पिक्चर्सको उत्पादन रहेको भिडियो चुईचुई पारेर युट्युवमार्फत सार्वजनिक गरिएको हो ।
मौलिक तीज गीत श्रोता, दर्शकमाझ पस्किने जमर्काेका भिडियो पनि त्यसै अनुसार निर्माण गरिएको निर्देशक केसीले बताए । गीत तथा भिडियोले सबैको मनजित्नेमा आफूहरू आशावादी रहेको केसीले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण