जनार्दन शर्मामाथि छानबिन गर्दा भेटियो सिंहदरबारको सुरक्षामा गम्भीर त्रुटि
बजेट निर्माणका क्रममा अनियमितता भएको गुनासोका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउँदै मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षामा गम्भीर त्रुटि पाइएको उल्लेख गरेको छ ।
सिंहदरबारमा कुन दिन के प्रयोजनका लागि कुन व्यक्ति प्रवेश ग¥यो र कहाँ कहाँ पुग्यो भन्नेबारे यकिन अभिलेख नभएको सो समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । समितिले सिंहदरबार परिसरभित्र प्रवेश गर्ने र बाहिरिने व्यक्तिहरूको व्यवस्थित रूपमा अभिलेख राख्ने पद्धतिमा कमी औंल्याएको छ ।
समितिको प्रतिवेदनमा भनिएको छ, ‘यसले सिंहदरबार भित्रको समग्र सुरक्षा प्रणालीमाथि समेत प्रश्न खडा गरेको छ ।’ एउटा निकायबाट जारी भएको पास वा अस्थायी परिचयपत्रले सिंहदरबारभित्रका सबै निकायमा निर्वाध आवतजावत गर्न सक्ने अवस्था रहेको तर्फ पनि समितिले ध्यानाकर्षण गराएको छ । सीसीटीभी व्यवस्थापन समेत सिंहदरबार मल गेटदेखि प्रायः सबै निकायमा कमजोर अवस्थामा रहेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा केन्द्रमा मोबाइल लैजाने निषेध
-
झापामा लागुऔषध कारोबारीमाथि गोली प्रहार
-
सिधा कुरालाई ‘बयान गराउने’ सर्वोच्चको आदेश
-
हजुरबुबा/हजुरआमाको आहारको असर नातिनातिनामा
-
पर्यटकीय सिजनमा नेपाल आउने पर्यटकको सङ्ख्या बढ्यो (तस्बिरहरू)
-
नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी : मन्त्री शर्मा