‘परदेशी २’ को ‘के वर मागी फक्र्याै’ गीत सार्वजनिक
सोमबार, १६ साउन २०७९, १७ : ०१
नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को रोमान्टिक गीत ‘के वर मागी फक्र्याै’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
निशान भट्टराईको स्वर रहेको गीतमा रमेश पौडेलको शब्द र नारायण रायमाझीको संगीत छ । २० वर्षपछि यो गीतलाई पुनः रेकर्ड गरेर फिल्ममा राखिएको हो । गीतमा प्रकाश सपुत र केकी अधिकारीको अभिनय छ । गीतको कोरियोग्राफी लामिछानेले गरेका हुन् ।
नारायण इन्टरनेशनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले मिलेर निर्माण गरेको फिल्ममा केकी र प्रकाशका अलावा प्रशान्त तामाङ्ग, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ ।
गायक प्रकाश सपुतले यही फिल्मबाट नायकको रुपमा डेब्यू गरेका हुन् । फिलम १४ असोजबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण