मङ्सिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय
बिहीबार, १९ साउन २०७९, २३ : ०२
नेपाल सरकारले अगामी २०७९ मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले रातोपाटीलाई जानकारी दिए ।
सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो । यसअघि गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई मन्त्रिपरिषद्को बैठकमा चुनावको मिति घोषणा गर्ने प्रस्ताव लगेको जानकारी दिएका थिए । बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण