ह्वाइट हाउसमा चट्याङ पर्दा ३ को मृत्यु, १ गम्भीर घाइते : किन बढिरहेछन् यस्ता घटना ?

person explore access_timeसाउन २५, २०७९ chat_bubble_outline0

वासिङ्टनमा राष्ट्रपति जो बाइडेनको निवास ह्वाइट हाउस बाहिर ४ अगस्ट २०२२ मा चट्याङ पर्यो । यसको चपेटामा चारजना व्यक्ति परे । ७६ वर्षीय जेम्स म्युलर र ७५ वर्षीया उनकी श्रीमती डोना म्युलरको घटनास्थलमा नै मृत्यु भयो । उनीहरु विस्कन्सिनबाट वासिङ्टन डीसीमा आफ्नो ५६ औँ वैवाहिक वर्षगाँठ मनाउन आएका थिए । चट्याङ पर्दा जेम्स र डोना ह्वाइट हाउस अगाडिको लफायेत पार्कमा बसिरहेका थिए ।


साथै, गम्भीर रुपमा घाइते भएका २९ वर्षका एक युवकको पनि मृत्यु भएको छ । उनको नाम हो ब्रुक्स ए. लेबर्स्टन । उनी लस एन्जलसका बासिन्दा थिए । ब्रुक्स सिटी नेशनल बैंकमा कार्यरत थिए । धेरैजसो वासिङ्टन गइरहन्थे । चट्याङ पर्दा घाइते भएकी चौथो व्यक्ति एक महिला हुन्, उनको अस्पतालमा उपचार चलिरहेको छ । अमेरिकामा चट्याङ पर्दा कसैको मृत्यु भयो भन्ने प्रश्न होइन । प्रश्न यो हो कि यहाँ चट्याङका घटनामा किन वृद्धि भइरहेको छ ?



प्रतिष्ठित जर्नल साइन्समा सन् २०१४ मा एक शोध प्रकाशित गरिएको थियो । उक्त जर्नलमा पछिललो एक शताब्दिमा चट्याङका घटनामा ५० प्रतिशत वृद्धि भएको बताइएको छ । वासिङ्टनमा जुन दिन यो घटना घटित भयो त्यस दिन त्यहाँ मौसम असाध्यै गर्मी र आद्रतापूर्ण थियो । पछिल्लो ३० वर्षमा औसत अधिकतम तापक्रम चार डिग्री सेल्सियस बढी थियो । अर्थात् ३० डिग्री सेल्सियसको साटो ३४ डिग्री सेल्सियस । यो तापक्रम र आद्रताले आकाशमा बिजुली पैदा गर्यो ।



अमेरिकाको सवालमा वैज्ञानिकले के आशंका गरेका छन् भने यहाँ हरेक एक डिग्री सेल्सियस तापक्रम बढ्दा १२ प्रतिशत बढी चट्याङ पर्नेछ । तीब्र रुपमा गर्मी भइरहेको अलास्कामा चट्याङका घटनामा १७ प्रतिशतको वृद्धि भएको छ । यस्ता घटना सन् १९८० पछि विशेष रुपमा बढेको छ । सुख्खा र गर्मी रहने क्यालिफोर्नियामा अगस्ट २०२० मा १४ हजार पटक चट्याङ परेको थियो । यसैका कारण त्यहाँ दुई वर्ष अघि भीषण डढेलो लागेको थियो ।

अमेरिका मात्रै होइन, ब्राजिललगायतका अन्य देशमा पनि चट्याङका घटनामा लगातार वृद्धि भइरहेको छ । चट्याङ पर्ने बित्तिकै कसैको मृत्यु भइ नै हाल्छ भन्ने छैन तर खतरा धेरै नै हुन्छ । सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार अमेरिकामा हरेक वर्ष ४ करोड पटक चट्याङ पर्छ । हाल १० लाख चट्याङमा १ जनाको मृत्यु हुने गरेको पाइएको छ । जसलाई चट्याङले हान्छ तीमध्ये ९० प्रतिशत बाँच्छन् । अमेरिकामा चट्याङ पर्दा सन् २००६ देखि २०२१ सम्म ४४४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा नै सबैभन्दा लामो चट्याङ परेको रेकर्ड दर्ता छ । यसले करिब अमेरिकाको एक हिस्साबाट अर्को हिस्सासम्म आफूलाई फैलाएको थियो । संयुक्त राष्ट्रको मौसम एजेन्सीले यसलाई विश्वको सबैभन्दा लामो चट्याङ बताएको थियो । यो ७६८ किलोमिटर लामो थियो । वैज्ञानिकले यसलाई मेगाफ्ल्यास नाम दिएको छ । यो सन् २०२० को अप्रिलमा परेको थियो । यो चट्याङलाई टेक्सासदेखि मिसिसिपीसम्म देखिएको थियो । वैज्ञानिकले यसलाई एक सेटलाइटमार्फत् रेकर्ड गरेको थियो ।

डब्ल्यूएमओका अनुसार ७६८ किलोमिटरको यात्रा विमानमार्फत् गर्ने हो भने पनि डेढ–दुई घण्टा लाग्छ । तर यहाँ चट्याङले यो दुरी केही सेकेन्डमा नै पूरा गरेको थियो । यसअघि सन् २०२० मा उरुग्वे र अर्जेन्टिना माथि मेगाफ्ल्यास परेको थियो । जुन करिब १७.१ सेकेन्डसम्म देखिएको थियो । राम्रो कुरा के हो कि दुबै मेगाफ्ल्यासले धर्तीलाई छोएको भने थिएन । नभए त ठूलै संकट आउन सक्थ्यो ।

उरुग्वे र अर्जेन्टिनाभन्दा अघि अर्को चट्याङ परेको थियो जसले पूरा ब्राजिललाई बीचबाट आधामा बाँडिरहेको थियो । यो चट्याङ ७०९ किलोमिटरसम्म फैलिएको थियो । डब्ल्यूएमओका अनुसार दुई वर्ष अघि अर्जेन्टिनामा सबैभन्दा लामो समयसम्म चम्किने बिजुली दर्ता गरिएको थियो । यो १७.१ सेकेन्डसम्म चम्किरहेको थियो ।

डब्ल्यूएमओका विशेषज्ञ डाक्टर रेन्डेल सर्वेनीले भने, ‘एउटा चट्याङको यति लामो यात्रा र एउटा चट्याङ यत्तिका समयसम्म चम्किनु प्रकृतिको शक्तिलाई देखाउँछ । साथै यसले हामीलाई केही अनुसन्धान गर्न मौका पनि प्रदान गर्छ । हामीले थप उत्कृष्ट रेकर्ड दर्ता गर्नेछौँ । हाम्रा प्रविधि थप आधुनिक भइरहेका छन् । ’

सन् २०१६ मा अमेरिकाले पहिलो पटक विश्वभर चम्किने चट्याङको नक्सा तयार गरेको थियो । ताकि पूरा धर्तीको विषयमा अध्ययन गर्न सहज हुन सकोस् । त्यतिबेलादेखि डब्ल्यूएमओले चट्याङका दुईवटा रेकर्ड पुष्टि गरेर त्यसलाई सर्वसाधारणको जानकारीका लागि जारी गर्ने गर्छ ।

चट्याङ पर्नुका साथै यसबाट मृत्युवरण गरेकाहरुको पनि रेकर्ड डब्ल्यूएमओले राख्छ । सन् १९७५ मा जिम्बाब्वेमा २१ जनाको एउटै चट्याङका कारण मृत्यु भएको थियो । यस्तै, सन् १९९४ मा एउटा तेल ट्याङ्कीमा चट्याङ पर्दा ट्याङ्की फुटेको र त्यसबाट आएको बलिरहेको तेलको बाढी ड्रोन्का इलाकामा छिर्यो । यसमा ४६९ जनाको मृत्यु भयो ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।