साल्पासिलिछो गाउँपालिकाको सेवा काठमाडौंबाटै
भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौंमा एक दिने शिविर सञ्चालन गरेर आफ्ना नागरिकलाई सेवा प्रदान गरेको छ । भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातायत सञ्चालनमा कठिनाई भएपछि गाउँपालिकाले काठमाडौंमा नै आफ्ना नागरिकलाई सेवा दिएको हो ।
काम विशेषले काठमाडौं पुगेका तथा विभिन्न कारण बस सेवाबाट वञ्चित भएका ज्येष्ठ नागरिक तथा असक्त नागरिकलाई ध्यानमा राख्दै सेवा प्रवाह गरिएको साल्पासिलिछोका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए । ‘‘जनप्रतिनिधिले जनताको सेवाको लागि काम गर्ने हो’’ उनले भने,‘‘हाम्रो गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले सेवा लिन आउन निकै कठिन छ ।”
जोरपाटीमा सञ्चालन भएको शिविरमा काठमाडौंमा रहेका करिब एक सय ५० जनाले विभिन्न किसिमका सेवा लिएको अध्यक्ष कुलुङले जानकारी दिए । स्थानीयवासीबाट माग भएकाले धरान विराटनगर, इटहरी झापालगायत ठाउँका नागरिकलाई लक्षित गरेर पनि यस्तो शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
विभिन्न संघीय मन्त्रालयको कामको लागि काठमाडौं पुगेको अवसरमा त्यहाँको काम सकेर एक दिने कार्यक्रममार्फत सेवा प्रवाह गरेको उनको भनाइ छ । वर्षात् लागेसँगै भोजपुर सदरमुकामबाट यो गाउँपालिकासँगको यातायात सेवा बन्द हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण