मोरङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन
मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा दुई लाख २२ हजार एक सय ३१ जनाको विवरण संकलन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय परिचयपत्रका लागि दर्ता अभियानसम्बन्धी जानकारी दिँदै मोरङमा अहिलेसम्म १७ वटा पालिकामध्ये आठवटामा सो विवरण संकलनको काम पूरा भएको जानकारी दिए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला प्रशासन कार्यालय मोरङद्वारा हालै आयोजित एक कार्यक्रममा सो जानकारी गराइएको हो । नेपालमा सबैभन्दा पहिले प्रदेश नं १ को पाँचथर जिल्लाबाट सुरु भएको यो अभियान मोरङमा गएको असोजदेखि सुरु भएको थियो । यस प्रदेशमा अहिले १३ जिल्लामा अभियान सञ्चालन रहेको बताइएको छ ।
सन् २०२४ सम्ममा सम्पन्न हुनुपर्ने यो अभियानका लागि देशभर सात हजार कर्मचारी परिचालन भएको र रुजु गर्ने अधिकारीहरू पनि परिचालन भएका जानकारी पनि उनले जानकारी दिए । प्रदेशमा सोलुखुम्बु जिल्लामात्र अभियान सञ्चालन गर्न बाँकी रहेको र गलत विवरण दिने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको पनि बताइएको छ ।
यो परिचयपत्रका लागि देशभरिमा हालसम्म ३३ जिल्लामा सम्पन्न भई ७५ लाख मानिसको विवरण संकलन भइसकेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र बनाउन नागरिक स्वयं सक्रिय हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण