जलेश्वरीमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु
खोटाङमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु भएको छ । ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राती पहिरो गएपछि बनेको भिरबाट खसेर सोही ठाउँका ४७ वर्षीय भोजकुमार राईको शनिबार मृत्यु भएको हो ।
भीरबाट करिब डेढ सय मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको स्थानीय जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए । उनी तल्लो गाउँमा झरेर घर निस्कने क्रममा पहिरोबाट खसेका हुन् ।
करिब चार सय मिटर चौडाइमा फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा थुप्रिएको छ । पहिरो गएको ठाउँमा डरलाग्दो भिरालो भिर निस्किएको छ । आवत–जावत गर्ने मानव तथा गाईवस्तुलाई भिरबाट जोगाउन स्थानीयले पहिरोको शिरमा बाँसको घेराबार हालेका छन् । तर घेराबार नाघेर हिँड्नेक्रममा राई भीरबाट लड्न पुगेको प्रहरीले जनाएको छ । पहिरोले भौतिक क्षति भएको हप्ता दिनपछि नै मानवीय क्षति भएको अध्यक्ष राईले बताए ।
जलेश्वरीमा गएको पहिरोले एक करोड ५० लाखको क्षति भएको अनुमान गरिएको छ । पहिरोले साल, सल्ला र बाँस भएको वन, बारी, खरबारी, सडक लगायत बगाउँदा डेढ करोड बराबरको क्षति भएको अनुमान गरिएको ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई बताउँछन् ।
पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतका ११ घर उच्च जोखिममा परेको छ । स्थानीय जनकल्याण आधारभूत विद्यालय समेत जोखिममा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण