प्रवासमा पार्टीको जनमत बढाउन राजेन्द्र लिङ्देनको आग्रह
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासमा पार्टीको जनमत बढाउने गतिविधि गर्न र आगामी निर्वाचनमा स्वदेश आउन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन् ।
पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज (पानस) को अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रवासले राप्रपाप्रति भरोसा गरेको र आगामी निर्वाचनमा भरोसालाई भोटमा रुपान्तरण गर्न पार्टीको प्रवासमा रहेका संगठनलाई थप क्रियाशील हुन निर्देशन दिएका छन् ।
'जनताले यथास्थितिबाट मुक्ति खोजिरहेको बेला राप्रपा भरपर्दो विकल्प बनेर अगाडि बढिरहेको छ, नेपाल आउँदै हुनुहुन्छ भने केही समय पर सार्नुस् र निर्वाचनको बेला नेपाल आउनुस्, चुनावी अभियानमा सहभागी हुनुस्, विदेशमा रहेका नेपालीले राप्रपालाई सहयोग गर्न चाहिरहेका छन् वहाँहरुलाई सम्पर्क बढाउनुस्' लिङ्देनले भने ।
राप्रपाका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रवक्ता मोहन श्रेष्ठ, सहायक महामन्त्री बिजय खड्का, पानस आइसिसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, आइसिसीका पदाधिकारी तथा सल्लाहकारहरु, विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।
प्रवासमा रहेको पार्टीको संगठनलाई चलायमान र परिणाममुखी बनाउन बैठक फलदायी भएको विभागकी सदस्य सचिव सन्तोषी शाही ठकुरीले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण