फरक प्रेम कहानी भएको दाबी गर्ने फिल्म ‘इश्क पस्मिना’ सेप्टेम्बर २३ मा रिलिज हुने
अहिलेसम्म देखिएको र सुनिएको प्रेम कहानी भन्दा फरक प्रेम कहानी रहेको दाबी गरिएको बलिउड फिल्म ‘इश्क पस्मिना’ आगामी सेप्टेम्बर २३ मा रिलिज हुँदैछ । बलिउड फिल्म कम्पनी कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको फिल्म ‘इश्क पस्मिना’ को पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले यो फिल्मले सबैको मन जित्न सफल हुने दाबी गरेको छ ।
बलिउड फिल्म निर्माता सुरज सुर्या मिश्राले आफ्नो फिल्ममार्फत् अधिकांश नयाँ तर प्रतिभाशाली कलाकारलाई ठूलो पर्दामा अवसर दिएका छन् । टिभी दुनियाँका प्रभावशाली कलाकार भाविन भानुशाली र भारतका चर्चित क्रिकेटर दिपक चाहरकी बहिनी मालती चाहर फिल्ममा मुख्य भुमिकामा देखिँदैछन् ।
साथै दिग्गज अभिनेत्री जरिना वहाब , बिजेन्द्र काला, कायनात अरोडा र बाल कलाकार गौरिका मिश्रा पनि फिल्ममा देखिनेछन् । यो फिल्मको निर्देशन अरबिन्द पाण्डेले गरेका छन् । फिल्मको गित र स्क्रिप्टसमेत लेखेका निर्देशक पाण्डेले फिल्मले अहिलेसम्म नदिएको अनौठो र नौलो अनुभव दिने बताएका छन् ।
भारतका प्रसिद्ध सङ्गीतकार शाम बलकर र शाश्वत प्रखरले इश्क पस्मिना फिल्मको गीतमा सङ्गीत भरेका छन् । साथै, भारतका चर्चित फिल्म इडिटर राजेश पाण्डेले फिल्म इडिट गरेका छन् । राजेशले बाजीराव मस्तानी, गंगुबाई जस्ता कयौं चर्चित फिल्म इडिट गरिसकेका छन् । गत जनवरीमा सिम्लामा भारी हिमपात र अत्यधिक चिसो बढेका बेला माइनस डिग्रीमा गएर सुटिङ गरिएको यो फिल्मको चर्चा त्यसबेलादेखि नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण