एनएसएल टिमले आयोजकलाई भने–एन्फासँग सम्झौता टुङ्ग्याउनुस् हामी तयारी थाल्छौं
सोमबार, ३० साउन २०७९, १९ : ३१
नेपाल सुपर लिग (एनएसएल) का टिमहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्ट्स एम इभेन्ट म्यानेजमेन्टसँगको सम्झौता टुङ्ग्याएपछि मात्र तयारी थाल्ने बताएका छन् । आज एनएसएल र क्लबका पदाधिकारीसँगको बैठकले एन्फाले दिएको मितिमा प्रतियोगितामा भाग लिन तयार भएको तर, त्यसका लागि पहिले सम्झौता पूरा हुनु पर्ने बताएका थिए ।
‘क्लबहरू प्रतियोगिताका लागि सकरात्मक छन् । उनीहरुले पहिलो एन्फासँग सम्झौता टुङ्ग्याउन भनेका छन् । सम्झौता सकिसकेपछि एन्फाले दिएको मितिमा प्रतियोगितामा भाग लिन भनेका छन्,’ नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका सीईयो सुदीप शर्माले रातोपाटीसँग भने ।
एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले असोज २३ देखि मङ्सिर २ गतेसम्म एनएसएल आयोजनाका लागि मिति तय गरेको थियो । उक्त मितिमा आयोजकले प्रतियोगिता गर्न तयार भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह