ऐसेलुखर्क गाउँपालिकामा तीनजना गाउँ प्रहरी छनोट
खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले तीन जनालाई गाउँ प्रहरी छनौट गरेको छ । गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेकामा कर्मचारी पदपूर्ति समितिको सोमबारको निर्णय अनुसार मिलन राय,साजन राई र नहेमियाँ राई गाउँ प्रहरीमा सिफारिस भएका हुन् ।
सिफारिसमा परेका उम्मेद्वारलाई ७ दिनभित्र नियुक्तिको लागि गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न सुचना जारी गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । गाउँ कार्यपालिकाको गत ५ असारमा बसेको बैठकको निर्णय तथा गाउँपालिकाको गाउँ प्रहरी व्यवस्थापन कार्यविधि २०७५ अनुसार एक महिला र दुई पुरुष गाउँ प्रहरीको पदपूर्ति भर्नाका लागि ७ असारमा आवेदन खुलाइएको थियो । २१ असारसम्म दरखास्त म्याद दिइएकोमा २९ पुरुष र ७ महिलाको आवेदन परेको थियो ।
ऐसेलुखर्क गाउँपालिकाले कार्यालय सहयोगी सरह सेवा सुविधा पाउनेगरी १४ फागुन २०७६ मा जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो । तर कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट हटाएको केही समयपछि पदपूर्ति गरिएको हो । हाल गाउँपालिकामा एक जना मात्र गाउँ प्रहरी कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण