काठमाडौंबाट हराएका २५ वटा मोटरसाइकल र स्कुटर फेला
काठमाडौं उपत्यकाबाट हराएका मोटरसाइकल र स्कुटर उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुसन्धान गरेर फेला पारेको छ । अनुसन्धानबाट भेटिएका २५ वटा दुईपांग्रे सवारी–साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा एसएसपी राजेन्द्र प्रसाद भट्टले १६ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे । सुचना संकलन गरेर चोरीमा संलग्न आरोपीहरुलाई समेत पक्राउ गरेर कारवाहीका लागि विभिन्न प्रहरी युनिटमा पठाउने गरिएको एसएसपी भट्टले जानकारी दिए ।
आर्थिक वर्ष २०७७/०७८ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४ सय १९ वटा र २०७८–०७९ मा ५ सय ६ वटा दुईपांग्रे सवारी फेला पारेर धनीलाई जिम्मा लगाएको छ । सो अवधिमा मोटरसाइकल र स्कुटर चोरीमा संलग्न ९९ जनालाई पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह