अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु
अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । माओवादी केन्द्रको भ्रातृ संगठन रहेको अखिल क्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्त अभियान संचालन गर्नका लागि विभिन्न चार वटा कमाण्ड छुट्याएको छ ।
जसअनुसार उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको एउटा, सुनसरी, झापा र मोरङको दोस्रो, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमको तेस्रो तथा इलाम, पाँचथर र ताप्लेजुङको चौथो कमाण्ड निर्माण गरेको हो । उक्त कमाण्डमा प्रदेशका उपाध्यक्षहरू क्रमशः शंकर तिम्सिना, मनिषा आचार्य, योगेश भट्टराई र खेम रणपहेलीले इन्चार्जको भूमिका निर्वाह गर्ने अखिल क्रान्तिकारीले जनाएको छ ।
अभियानको क्रममा विद्यार्थीमा श्रम संस्कृति विकास गर्न विद्यालय, क्याम्पसका कक्षा, खेलमैदान, बगैंचा, धारा, शौचालय सरसफाइ गर्ने, सीप, श्रम, उत्पादन र आम्दानीसँग जोडिने शिक्षाबारे छलफल, अन्तरक्रिया, प्रशिक्षण कार्यक्रम गर्ने, विज्ञान प्रविधि साक्षरताका लागि विज्ञान प्रविधिसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने, भदौ मसान्तसम्ममा ५० हजार अखिल क्रान्तिकारीको नयाँ सदस्यता विस्तार गर्ने, १५ दिनभित्र प्रदेशको १३७ वटै स्थानीय
सरकार र ७ दिनभित्रमा प्रदेश सरकार समक्ष शिक्षा, स्वास्थ्य, रोजगारी र जनजीविका सम्बन्धी ध्यानाकर्षण गराउन माग पत्र पेश गर्ने लगायतका कार्यक्रम रहेका छन् ।
माग पत्रमा अखिल क्रान्तिकारीले शिक्षामा २० प्रतिशत बजेट अनिवार्य छुट्याउन माग गर्ने, रिक्त रहेको शिक्षक दरबन्दी पुरा गर्न माग गर्ने, हरेक पालिकामा एउटा व्यवस्थित आवासीय माध्यमिक विद्यालय सञ्चालन गर्न माग गर्ने लगायतका विषय रहने अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष हेमन्त राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण