‘मलाई कोही पुरुष चाहिँदैन’ भन्दै अभिनेत्रीले आफैँसँग गरिन् विवाह
परिवर्तित समयसँगै विवाह र सम्बन्ध बारे पनि मानिसहरुको सोच परिवर्तन भइरहेको छ । आजकालको यो आधुनिक समाजमा महिलाहरु एक्लै जीवनयापन गर्न रुचाइरहेका छन् । यस्तै सोच छ ‘दीया र बाती हम’ की अभिनेत्रीको । टिभी अभिनेत्री कनिष्का सोनीले आफैँसँग विवाह गरेकी छिन् ।
कनिष्का सोनीले हालै आफ्नो विशेष फोटो सेयर गरेकी छिन् जसमा उनले सिउँदोमा सिन्दुर र घाँटीमा मंगलसूत्र लगाइरहेको देख्न सकिन्छ । उनले उक्त फोटो सेयर गर्दै क्याप्सनमा आफूले आफैँसँग विवाह गरेको पनि जानकारी दिएकी छिन् ।
उनले लेखेकी छिन्, ‘मैले आफैँसँग विवाह गरेकी छु । मैले आफ्नो सारा सपना आफैँले पूरा गरेकी हुँ र जो व्यक्तिसँग म प्रेममा छु, त्यो म नै हुँ । मलाई कोही पुरुष चाहिँदैन । म आफ्नो गितारसँग सधैँ एक्लै र एकान्तमा खुसी छु । म देवी हुँ, म बलियो र शक्तिशाली छु । शिव र शक्ति सबै मभित्र नै छ । धन्यवाद ।’
कनिष्का सोनी ‘दीया औस बाती हम’, ‘पवित्र रिश्ता’ र ‘देवी आदि पराशक्ति’ जस्ता थुप्रै हिट टिभी शोजकी हिस्सा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण