अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारमा डा. पोखरेल
बुधबार, ०१ भदौ २०७९, १२ : १९
अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् ।
डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् भने अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ ।
दोस्रो पटक अर्थ मन्त्रालयमा प्रवेश भएसँगै यसअघि शर्माले सञ्चार विज्ञका रुपमा मनऋषि धिताललाई नियुक्त गरेका थिए । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा संसदीय समितिबाट क्लिन चिट पाएपछि शर्मा अर्थ मन्त्रालय फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक