दशैँ व्यापार प्रवर्धन मेला आइतबारदेखि
स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न पाँचौं दशैँ जुत्ता चप्पल व्यापार प्रवर्धन मेला आइतबारदेखि हुने भएको छ ।
स्वदेशमा उत्पादित जुत्ता चप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो । मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागेको जानकारी दिए ।
मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ ।
सो एशोसिएसनका अध्यक्ष नानीराज घिमिरेले कोरोना महामारीका कारण धराशायी बनेको नेपाली जुत्ता चप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्रान्डका एक हजार मोडलका जुत्ता पाउन सकिने बताइएको छ । मेला १५ दिनसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्तिश्री परियारले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर