आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीको जनता उमावि मतदान केन्द्रमा मतदाता भोट नै हाल्न गएनन्, २ भोट मात्रै खस्यो

बुधबार, १४ असार २०७४, १४ : ०७
बुधबार, १४ असार २०७४

नवलपरासी– नवलपरासीको  सरावल गाउँपालिकाको बडा नम्बर ६ स्थित जनतामावि मतदान केन्द्रमा जम्मा दुई जनाले मात्रै मतदान गरेका छन् । 


सो मतदान केन्द्रमा ५ सय २ मतदाता रहेको भएपनि दिउँसो पौने २ बजेसम्म जम्मा दुई जनाले मात्रै मत खसालेको  निर्वाचन अधिकृत लीलाधर शर्माले जानकारी दिए । 


साविकको हुजहवा गाविस बडा नम्बर दुईका  उनीहरुले  गाविसका अरु वडालाई सरावल  गाउँपालिका बडा नम्बर ७ मा राखेर आफूहरुलाई भने  बडा नम्बर ६ मा राखेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । सोहि असन्तुष्टिको कारण उनीहरु मत खसाल्न नगएको  नवलपरासीका पत्रकार  हुसेन अन्सारीले बताए । 


बडा नम्बर ६ मा जम्मा  ३४६५ मतदाता रहेका छन्  भने जनता उमावि मतदान केन्द्रमा  जम्मा २ भोट मात्रै खसेको  हो । ५०२ मध्ये ४४१ जनाले मतदाता परिचय पत्र लगेको भएपनि असन्तुष्टिका कारण  भोट हाल्न नगएको हुन् । मतदान अधिकृत शर्माले समय अझैं बाँकी रहेकाले स्थानीय भोट हाल्न आउने विश्वास व्यक्त गरे ।  यद्यपी बडा नम्बर ६ अन्तर्गतका अरु मतदान केन्द्रमा भने उल्लेख्य मतदाता मत खसाल्न पुगेका छन् । 


बडा नम्बर ६ बाट एमालेका रघुराज केवट, कांग्रेस छोटेलाल गुप्ता,  माओवादी पारसनाथ गुप्तालगायतको उम्मेदवारी परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप