बलिउड अभिनेत्री सोनम कपुरलाई पुत्रलाभ
एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी छिन् । सोनम कपुरका पिता तथा बलिउड अभिनेता अनिल कपुरले इन्स्टाग्राममा एउटा नोट शेयर गर्दै यो यो खुसीको खबर सार्वजनिक गरेका छन् ।
उनले नोटमा लेखेका छन् ,‘हामी यो घोषणा गर्न पाउँदा धेरै खुसी छौँ कि हाम्रो परिवारमा २० अगस्ट २०२२ मा नयाँ सदस्य आएको छ । सोनम र आनन्द एक स्वस्थ छोराको आमाबुवा बनेका छन्, जसबाट हामी धेरै खुसी छौँ । नयाँ आमाबाबु र तिनको पाहुनालाई धेरै माया ।’
आनन्द आहुजाले पनि एक टिप्पणी साझा गरेका छन्, जसमा उनले छोराको जन्मेको खुसीको खबर सेयर गरेका छन् । आहुजाले नोटमा यस सम्पूर्ण यात्रामा साथ दिने चिकित्सक, नर्स, साथीभाइ तथा परिवारका सदस्यहरूलाई धन्यवाद दिएका छन् ।
सोनम र आनन्द आहुजाले ८ मे २०१८ मा विवाह गरेका थिए ।
को हुन् सोनमका पति आनन्द अहुजा ?
आनन्द आहुजा दिल्लीका व्यापारी हुन् । उनी लोकप्रिय कपडा उत्पादन कम्पनी ‘भाने’का मालिक हुन् । यस बाहेक उनले दिल्लीमा भेग ‘नन–भेज’ नामक मल्टि–ब्रान्ड स्नीकर बुटीक पनि चलाउँछन् । साथै, उनी तीस अर्ब भारुको वार्षिक कारोबार गर्ने शाही एक्सपोर्ट्सका प्रबन्ध निर्देशक हुन् ।
आनन्दले अमेरिकन एम्बेसी स्कूलमा अध्ययन गरे र त्यसपछि पेन्सिलभेनिया विश्वविद्यालयको वार्टन स्कूलबाट स्नातकोत्तर गरे । उनले अमेरिकामा अमेजन डट कममा इन्टर्नसिप गरे र पछि पिता हरिश आहुजालाई सघाउन देश फर्किए ।
सन् २०१४ मा आनन्द आहुजाले फेसन डिजाइनर तथा सोनमको स्टाइलिस्ट प्रेरणा कुरेशीमार्फत सोनम कपूरलाई भेटेका थिए । भेट भएको एक महिनाभित्रै आनन्दले उनलाई प्रपोज गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राति टाउकोमा तेल लगाएर सुत्दा के हुन्छ ?
-
समूह एफ : नेदरल्यान्ड्स समूह विजेता, जापान उपविजेता र स्विडेन उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउटमा
-
लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्रीको निर्देशन, समुदायसँग साझेदारी गरिने
-
ज्वालाले फिर्ता लिइन् सहमहामन्त्रीको उम्मेदवारी
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
तनहुँमा २७ वन्यजन्तुको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण