यस्तो छ आजको मौसम पूर्वानुमान
आज देशभर मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बिहान प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वर्षासँगै पहाडी भू(भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहने र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण