सुनसरीमा भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते
बुधबार, ०८ भदौ २०७९, १० : ४९
सुनसरीको रामधुनी नगरपालिका–२ मा हिजो बेलुकी म्याजिक भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक रामधुनी नगरपालिका–१ का १८ वर्षीय सिद्धार्थ चौधरी, स्कुटरमा पछाडि सवार १९ वर्षीय प्रशान्त चौधरी र १८ वर्षीय किरण चौधरी रहेका छन् ।
घाइते मध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विराटनगर स्थित न्यूरो अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । को १ ज ३०४३ नम्बरको म्याजिक भ्यान र प्रदेश १–०२–०४८ प २९५३ नम्बरको स्कुटर हिजो बेलुकी सवा ७ बजे आपसमा ठोकिएका थिए ।
दुवै सवारी साधन सहित भ्यान चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण