सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चालाई पैसाको मूल्य सिकाउनुहोस्, इनामको लोभ देखाएर लक्ष्य हासिल गराउनु सही होइन

बुधबार, ०८ भदौ २०७९, १५ : ०९
बुधबार, ०८ भदौ २०७९

परीक्षामा टप भयौ भने पुरस्कार पाउँछौ... स्कुलको काम गरेनौ भने खेल्न जान पाउँदैनौ... पैसाको कमी छैन, जे मन लाग्यो किन्नु... तिमीमाथि विश्वास छैन । कतै तपाईं पनि यस्तै भन्ने खालको अभिभावक त हुनुहुन्नँ ? यदि हो भने आफ्नो बानी तुरुन्त परिवर्तन गर्नुहोस् । रेजिङ एन एन्त्रप्रेन्योरकी लेखिका मार्गट म्याकल विश्नोवले आफ्नो किताबका लागि ७० यस्ता अभिभावकसँग कुराकानी गरेकी छिन् जसका बच्चा ठूला उद्यमी बने र आफ्नो जीवनमा सफल रहे ।

बालबालिकाको पालनपोषणमा सबैभन्दा ठूलो भूमिका कुराकानीको रहेको उनी बताउँछिन् । तपाईंको बच्चा ठूलो भएर कस्तो बन्नेछ यसमा धेरै कुराले काम गर्छ । यसमा सबैभन्दा महत्वपूर्ण हुन्छ ‘कुराकानी’ । कुनै कुरालाई बुझाउने तपाईंको तरिकाले बच्चाको दिमागमा ठूलो असर पार्छ ।

जोन एरोको अभिभावकको विश्वासले उसलाई आफैंमा भरोसा गर्न सिकायो

मार्गोटले जोन एरोको उदाहरण दिन्छिन्, जसले १,५०० करोडको म्युचुअल मोबाइल टेक कम्पनी स्थापना गर्नु अघि कलेज पनि पूरा गर्न सकेनन् । साथीभाइसँग मिलेर उनले विद्यालय तहमा एउटा पत्रिका निकाले, जुन हात–हातमै बिक्री भइसकेको थियो तर त्यसमा तथ्यलाई ध्यानमा राखिएको थिएन ।

त्यसमा भएका सबै गलत कुराका कारण प्रधानाध्यापक उनको विरुद्धमा थिए । उनका बाबुआमासमेत कठघरामा उभिनुपरेको थियो । यस्तोमा जोनका आमाबुवाले उनीमाथि विश्वास देखाए र आफ्नो गल्तीलाई ठिक गर्न र आफूलाई उत्कृष्त प्रमाणित गर्न भने । उनले भने, ‘आमाबुवाको विश्वासले मलाई मेहनत गर्नका लागि प्रेरित गर्यो ।’

मामा होपकी संस्थापक नायलाकी आमाले पैसाको मूल्य सिकाइन्

मार्गोटले एक सफल उद्यमी नायला रोजर्सको कहानी सुनाउने गर्थिन् । उनी हाइस्कूलमा हुँदा आफ्ना फ्रेन्च कक्षाका साथीसँग उनलाई ट्रिपमा जानु थियो । उनकी आमाले उनलाई आधा पैसा दिइन् र बाँकी आफैँ कमाउन भनिन् । नायलाले यसका लागि बच्चाको हेरविचार गरिन्, ऋण चुकाइन्, स्विमिङ सिकाइन्, डाटा एन्ट्रीको काम गरिन् र ट्रिपमा जानका लागि बाँकी पैसा जुटाइन् ।

नायला भन्छिन्, ‘म १५–१५ घण्टा काम गर्ने गर्दथेँ । गर्मी सिद्धिदै गर्दा मसँग धेरै पैसा थिए । यो म उद्यमी बन्नुको सुरुवात थियो ।’ पछि उनले मामा होप संस्था सुरु गरिन् जसले विश्वभरी सामुदायिक संगठनलाई रकम उपलब्ध गराउँछ ।

आमाले निर्देशक जोनको रुचीलाई बाल्यकालमा नै चिनिन्, दिशा दिइन्

क्रेजी रिच एशियन्सजस्ता सुपरहिट फिल्मका निर्देशक जोनलाई पढ्न मन नै लाग्दैनथ्यो । एक दिन उनकी आमाले उनी आफ्नो स्कूलको होमवर्क गर्न छोडेर भिडियो हेरिरहेको देखिन् । उनकी आमा त्यो देखेर असाध्यै रोइन् र भोलिपल्ट फिल्म मेकिङको किताब ल्याएर दिइन् । उनले किताब दिँदै भनिन्, ‘जे गर, राम्रो गर’ । जोनको परिवारले रेष्टुरेन्ट चलाउँथ्यो ।

मार्गट भन्छिन्, ‘उद्यमीको लक्ष्य कहिले पनि धनी बन्नु रहेन । उनीहरु केही राम्रो गर्न चाहन्थे, केही नयाँ बन्न चाहन्थे । यस्ता बच्चालाई अभिभावकले बुझ्दथे, जुन काम बच्चालाई मन पर्दैन, त्यो लामो समयसम्म गर्न सक्दैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप