फिल्ममेकर लक्षित ‘हिरो सिक्स’
काठमाडौं– फिल्म सुटिङका लागि चाहिने सम्पूर्ण सामान उपलब्ध गराउँदै आएको आइसफल प्रडक्सनले फिल्मकर्मीलाई लक्षित गर्दै गोप्रो कम्पनी अन्तर्गत उत्पादन हुँदै आएको हिरोको छैटौं भर्सन बजारमा ल्याएको छ ।
शनिबार ठमेलस्थित मुलबरी होटलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै नयाँ विशेषतासहितको ‘हिरो सिक्स’को बारेमा फिल्मकर्मी तथा बिक्रेतालाई जानकारी गराएको हो । आइसफल गोप्रोको आधिकारिक बिक्रेता हो ।
कार्यक्रममा आइसफल टेक्नोलोजीका निर्देशक भिम थापाले गोप्रोको नयाँ क्यामरा फिल्मकर्मीका लागि उपयुक्त हुने दाबी गरेका थिए ।
नेपालको सुटिङमा जुन खालका समस्या छन्, गोप्रोको हिरो सिक्समा त्यसलाई सजिलो बनाउने विशेषता रहेको उनले बताए । यो संस्करणबाट खिचेको क्यामराको आउटपुट फोके बराबरको रहेको पनि उनले बताए ।
यो भित्र अटोमेटिक रुपमा स्टेबलाइजेसन सिस्टम रहेकाले फोटो खिचिरहँदा हल्लिने चिन्ता पनि नहुने उनले जानकारी दिए । उनले भीड र दौडिएको दृश्यहरु खिच्न यस्ता क्यामरा उपयुक्त हुने उनको भनाइ छ ।
आइसफल प्रडक्सनका निर्माता रामकृष्ण पोखरेलले गोप्रोको हिरो सिक्स ‘वाटरप्रुफ’ रहेको बताए । सन् २०१२ देखि नेपालमा गोप्रो बेच्दै आएका पोखरेलले नेपालमा किन्दा क्यामराको मूल्य ५५ देखि ६० हजारसम्म पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण