तीन लघुकथा
होटलको ढिंडो
टेबलमा खाना आयो ।
“कति सधैँ भात मात्र खाने, आज मुख फेरौं भनेर ।” छोराले आएको खानातर्फ हेरेर भन्यो ।
“ल आज त आफूलाई मनपरेको खाना खाने भइयो बरु घ्यू छ कि छैन ?” एक साँझ भए पनि जुठे धन्दा गर्नु नपरेर मख्ख थिइन् बुहारी ।
आज बाहिरै खाना खाने भनेर बुबा र आमासहित आएका थिए उनीहरू । बुबाले र आमाले एकापसमा हेराहेर गरे ।
आमाले छोरातर्फ हेर्दै भनिन्, “हामीलाई केही नौलो छैन बाबै । तिमीलाई पढ्न सहर बस्दा भएको सबै धान कुटेर चामल पठाइ सक्यौं । अब हामीले खाएर बचेको यही कालो ढिँडो त हो ।”
तालकी छोरी
हिजो उ उन्मत्त थियो ।
सोच्यो, “यति धेरै बलबान छु । अब कसले छोरी नदेला । मान्छन् भने हात माग्छु, नभए भगाउँछु ।”
सबै बाटो मेरो हो जस्तै गरेर बाटो ओगटेको थियो । कमजोर देखिनेलाई बाटोमा नै लडायो, पल्टायो र मुन्ट्यायो ।
“लौ मलाई अब तिम्री छोरी दिने भए देउ, नत्र भगाइ दिन्छु ।” उसले रवाफ देखायो ।
“साँच्चिकै मेरी छोरीसँग विवाह गर्ने हो भने हिँउदमा आउनु ।” उसले जवाफ पायो ।
बिस्तारै आकाशको बादल शान्त हुन थाले । विजुली चम्काइ हट्न थाल्यो । आकाश नीलो हुन थाल्यो । माछापुच्छ्रेले मधुर मुस्कान फाल्न थाल्यो । सूर्यले मधुर कान्ति फैलाउन थाले ।
हिलो मैलो हटेर गयो । लडेका र बगेकाहरु उठ्न थाले । फेवा शान्त र सौम्य भएर बसिन् । उसकी छोरीको हात माग्न आउने फिर्केको ढाडमा भने कमिला दौडिरहेको छ ।
शैक्षिक वातावरण
हरिप्रसादजी कोठामा कसैसँग फोन वार्तामा थिए । नरेश भित्र पस्यो । उनले फोन वार्ता बन्द गरे ।
“ड्याडी म जान लागें,” नरेशले भन्यो ।
“ल ठिक छ । सबै डकुमेन्ट दुरुस्त त छ ? ढुक्कसँग देउ । भिसा लगाउँछ ।” हरिप्रसादले छोरालाई शान्त बनाए ।
“ड्याडी म ब्याचलर त नेपालमा नै पढ्छु भन्या हो ।” नरेशले भन्यो ।
“कहाँ हुन्छ यहाँ बसेर । पढाइ नै हुँदैन । यस्तो वातावरण छ । तिमीले पैसाको चिन्ता मान्नु पर्दैन, म छदैछु । आफ्नो क्यारियरको बारेमा मात्र सोचे पुग्छ ।” उनले भने ।
छोरो निस्कियो । उनले पुनः टेलिफोनवार्ता जारी राखे । “...हेर्नुहोस् तपाईं विद्यार्थी तथा युवाहरु नै हाम्रो पार्टीको आधार हो । ...हो त्यहाँ हाम्रो उपस्थिति कम छ, अलि मेहनत गर्नुपर्ने देखियो...। एक झट्का दिनैपर्छ होला । तपाईंहरु ढुक्क हुनुहोस्, सिँगो पार्टीपङ्क्ति नै तपाईंहरुको पछाडि छ । परिआए क्याम्पस जलाउन पनि पछि नपर्नु । जसरी हुन्छ, हाम्रो संगठन बिस्तार गर्नु ।”
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण