लेखा समितिको निर्देशनका कारण आईपीओ रोकिएका यी हुन् १२ कम्पनी (सूचीसहित)
काठमाडौँ । सार्वजनिक लेखा समितिको निर्देशनका कारण नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका १२ कम्पनी आईपीओ रोकिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएको कारणले यी कम्पनीको आईपीओ रोकिएको हो ।
यसरी रोकिएका आईपीओमध्ये हाइड्रोपावरतर्फ सातवटा र होटल तथा पर्यटन क्षेत्रसम्वद्ध पाँचवटा कम्पनी रहेका छन् । हाइड्रो पावरतर्फ रिचर्ड जलविद्युत् कम्पनी, बेनी हाइड्रोपावर प्रोजेक्ट, टक्सार पिखुवा खोला हाइड्रोपावर, लाफिङ बुद्ध पावर लिमिटेड, सानिगढ हाइड्रोपावर, युनिक हाइडल कम्पनी, पूवा खोला–एक हाइड्रोपावर रहेका छन् ।
त्यस्तै, होटल तथा पर्यटन क्षेत्रका कम्पनीमध्ये आईपीओ रोकिएका कम्पनीमा एपेम्स हस्पिटालिटी, अर्किट होल्डिङ्स, अन्नपूर्णा केबुलकार, अकामा होटल र ठमेल प्लाजा होटल एण्ड स्वीट रहेका छन् ।
अहिले सेबोनमा ८९ वटा आईपीओ पाइपलाइनमा छन् । २३ महिनाअघिदेखि पाइपलाइनमा रहेका कम्पनीहरु विभिन्न कारणले आईपीओ रोकिँदै आएका छन् । बाँकी कम्पनी भने बोर्डकै कारण रोकिएको देखिएको छ ।
अहिले बोर्डले आईपीओ निष्कासन रोकिनुमा संसदीय समितिको निर्देशनलाई देखाउँदै आएको भए पनि वास्तवमा अवस्था भिन्न रहेको देखिएको हो ।
आईपीओ रोकिएको र स्वीकृत गराउन घुस माग्ने गरेको आरोपपछि यतिबेला नेपाल धितोपत्र बोर्डमा अख्तियारले छापा मारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण