मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई सांसदको एउटै स्वर: 'चुनावअघि बोलेका कुरा पुरा गर्छौं'

आइतबार, ०२ पुस २०७४, ०९ : ०३
आइतबार, ०२ पुस २०७४

तनहुँ - वम गठबन्धन तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा 'क'का द्धय साँसद केदार सिग्देल र आशा कोइरालाले आफुहरुले अभिभावकको भूमिका निर्वाह गर्दै सबै स्थानीयवासीलाई समान व्यवहारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

विजयी भएपछि मतदाताको घरदैलोमा पुगेरआभार व्यक्त गर्न शुक्रवार   शुक्लागण्डकी नगरपालिका वडा नं १ मा पुगेका साँसद द्धयले सो कुरा बताएका हुन् ।

उक्त वडाको सेरावेसशी, सुन्दरी गाउँ, बनकट्टा, ठाँटीटार र व्यास नगरपालिकाको शिशाघाट क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै साँसद द्धयले बामगठबन्धनको जितबाट अन्य दलका नभनि समान तरिकाले विकास निर्माण र सेवा सुविधा विस्तार गरिने बताए । 

उनीहरुले भने,
-चुनाव अघि आफुहरुले बोलेका कुराहरु हामीलाई स्मरण छ ।
-स्रोत साधानको कमी होला तर बजेटको कुनै कमी हुँदैन । 
-थप्रेकमा रहेको खानेपानीको चरम समस्यालाई न्यूनिकरण गर्न संम्भावित मुहानबाट लिफ्टीङ् गरिने, सडक मर्मत तथा संम्भार गर्ने योजना छ ।

सांसदद्धय  शनिबार शुक्लागण्डकी नगरपालिका वडा नं ३ र ६ का साथै म्याग्दे गाउँपालिका अन्तर्गत मनपाङका स्थानीयसँग समेत भेटघाट गरी आभार प्रकट गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप