शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

ऋतिकले स्टेजमै छोए फ्यानका पाउ, यस्तो छ कारण

आइतबार, १२ भदौ २०७९, १७ : १८
आइतबार, १२ भदौ २०७९

अभिनेता ऋतिक रोशन बलिउडका ह्याण्डसम अभिनेता मध्येका एक हुन् । कामको साथसाथै, उनी आफ्नो उत्कृष्ट नृत्य र आकर्षक लुक्सका कारण पनि फ्यानमाझ लोकप्रिय छन् । अहिले सामाजिक सञ्जालमा उनको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा फ्यानहरु उनको नम्र स्वभावको तारिफ गरिरहेका छन् ।

भिडियोमा ऋतिक रोशनलाई एक कार्यक्रममा भीडभाडको अगाडि स्टेजमा देख्न सकिन्छ । शो क्रममा जब एक फ्यान उनको खुट्टा छुन्छन्, त्यसपछि ऋतिक रोशनले उनलाई रोक्छन् र तुरुन्तै युवकको आफै खुट्टा छुन्छन् । त्यसपछि उनले फोटो पनि खिचाए ।

अभिनेता ऋतिक रोशनको ‘डाउन टु अर्थ’ व्यक्तित्व देखेपछि फ्यानहरू उनको प्रशंसा गरिरहेका छन् । ऋतिकको यो भिडियो हेरेपछि फ्यानहरुले उनी निकै नम्र व्यक्ति भएकाले उनलाई निकै प्रेम बर्षाउने समेत बताएका छन् । 
उनको भिडियो कमेन्टमा एक सामाजिक प्रयोगकर्ताले लेखेका छन् ‘ऋतिक एक धेरै राम्रो अभिनेता हुनुहुन्छ र सबैभन्दा धेरै नम्र हुनुहुन्छ, कुनै मनोवृति छैन ।’

ऋतिक फिल्म ‘विक्रम वेधा’ देखिँदै छन् । फिल्ममा उनी नेगेटिभ भूमिकामा देखिँदैछन् । ऋतिक सैफ अली खानसँग करिब २० वर्षपछि एकसाथ देखिँदैछन् । फिल्म साउथको रिमेक हो । जसमा आर माधवन र विजय सेतुपति मुख्य भूमिकामा थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप