चलचित्रमा डेब्यू गर्दै इरफान खानका छोरा
मङ्गलबार, १४ भदौ २०७९, १३ : ५१
दिवंगत अभिनेता इरफान खानका छोरा बाबिल अभिनीत चलचित्र चाँडै ओटीटी प्ल्याटफर्ममा आउने भएको छ । २९ अगस्तमा उक्त चलचित्रको टिजर सार्वजनिक गरिएको छ । चलचित्र म्युजिकलमा आधारित रहेको छ ।
१ मिनेट ६ सेकेण्ड लामो ‘काला’ को टिजरमा एक युवती गीत गाइरहेको देख्न सकिन्छ । टिजरमा कुनै गीतको सुटिङ देखाइएको छ । टिजरमा बाबिललाई भने देख्न सकिँदैन ।
चलचित्रमा बाबिलको साथै तृप्ति डिमरी, स्वास्तिका मुखर्जी, आशीष सिंह, नीर राव र राज शर्माको मुख्य भूमिका रहनेछ । चलचित्रको रिलिजको मिति भने सार्वजनिक गरिएको छैन । बाबिलले उक्त चलचित्रको टिजर सेयर गर्दै चलचित्र निर्देशक अन्विताको साथमा आफ्नो करियरको सुरुवात गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको बताएका छन् ।
दैनिक भास्कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण