चीनबाट भित्रियो ६ अर्बको स्याउ
नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ। नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तव्यांकले देखाएको छ।
नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तव्यांक छ। भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको हो ।
गत आवमा चीनबाट स्याउ आयात २.८ प्रतिशतले बढेको छ। अघिल्लो आव २०७७र०७८ मा नेपालले ५ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको थियो भने त्यसअघिको वर्षमा ३ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको स्याउचीनबाट आयात गरेको तथ्यांक छ। नेपालले धेरै मुलुकबाट स्याउ आयात गर्ने भए पनि चिनियाँ स्याउको एकाधिकार जस्तै रहेको व्यवसायीहरुले बताउँदै आएका छन् । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण