बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट

बिहीबार, १८ असार २०८३, १२ : ४१
बिहीबार, १८ असार २०८३

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले चिट काटेको छ । बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा उनलाई चिट काटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर रेशम आचार्यले बताए । उनले भने, ‘हेलमेट नलगाएको कसुरमा उहाँलाई चिट काटेका छौँ ।’ 

मुख्यमन्त्री शाहले सो कसुरमा ५ सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ ।  धनगढीस्थित मुख्यमन्त्रीको निवासमा शाहले मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको  थियो । 

त्यसपछि प्रहरीले उनको सचिवालयसँग समन्वय गरेर चिट काटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप