सुनसरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सुनसरीमा भएका विभन्न दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ईटहरी उपमहानगरपालिका-२ आँपगाछीस्थित सडकमा प्रदेश नम्बर १-०२-००२ च ४६६२ नम्बरको भेनले को.१६ प ५७२० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक ईटहरी उपमहानगरपालिका-२ बस्ने ३१ वर्षीय लोमस दाहालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी कोशी गाउँपालिका-१ राजा पोखरीस्थित सडकमा को.२ च २६४९ नम्बरको भेनले बा.६० प ४४९२ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सप्तरी सप्तकोशी नगरपालिका-३ घर भएका ३६ वर्षीय दुर्गा नन्द चौधरी र सोही ठाउँ घर भएका ३३ वर्षीय प्रकाश गोजेवार रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । भेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण