शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भिर घाइते

आइतबार, १९ भदौ २०७९, १० : ४५
आइतबार, १९ भदौ २०७९

काठमाण्डौको तिनकुनेमा हिजो मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा अन्दाजी ६५ वर्षिया महिला रहेकी छन् ।  उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको छ । घाईतेको पहिचान खुल्न बाँकी रहेको छ । 

हिजो बेलुकी साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिई फरार भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सहित फरार चालकको खोजी भैरहेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ ।

यस्तै काठमाण्डौको मुलपानीमा हिजो बेलुकी ७ बजे दुई ओटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भिर घाइते भएका छन् ।  बा ८२ प ६५९९ र बा ९५ प १५६६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । 

घाइते हुनेमा ६५९९ नम्बरका मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलका ४० वर्षिय बिकाश थापा मगर रहेका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भैरहेको छ ।  दुबै मोटरसाइकल र १५६६ नम्बरको मोटरसाइकल चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप