बिग बोसमा विवादित राज कुन्द्रा
अभिनेता सलमान खान हिट रियालिटी शो ‘बिग बोस’ नयाँ सिजनका साथ चाँडै दर्शकमाझ आउँदैछन् । शोलाई लिएर अहिलेदेखि नै चर्चा परिचर्चा सुरु भएको छ । शोमा सहभागिता हुने सेलिब्रेटीको नाम पनि बाहिर आइरहेको छ । तर, अब यो सूचीमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पनि जोडिएका छन् ।
समाचारअनुसार राजलाई ‘बिग बोस १६’ का लागि प्रस्ताव गरिएको छ । शोका निर्माता र राजबीच कुराकानी चलिरहेको छ । राज पनि यो शोमा सहभागिता जनाउनका लागि सकारात्मक छन् । राजले आफ्नो वास्तविक जीवन र साँचो कुरा देशको अगाडि आउनुपर्ने सोचिरहेकाले उनी शोमा जान लालयित छन् ।
राजभन्दा अघि ‘बिग बोस’ को पछिल्लो सिजनमा शिल्पाकी बहिनी अर्थात राजको साली शमिता प्रतिष्पर्धी थिइन् । शमिता पहिला बिग बोस ओटीटीको हिस्सा थिइन् । यसपछि उनी बिग बोस १५ मा प्रतिष्पर्धी भइन् । उनको प्रस्तुतिलाई दर्शकले निकै मनपराएका थिए ।
राज पछिल्लो समयमा विवादमा तानिएका थिए । खास गरी पोर्नोग्राफी केसमा उनी मुछिएपछि जेलको हावा पनि खानु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण