कहाँ छन् आमिरका भाइ फैसल खान ? फिल्मी करियर फ्लप, सोसल मिडियाका स्टार
बलिउडका मिस्टर परफेक्सननिष्ट भनिने आमिर खानको फिल्म लाल सिंह चड्डा बक्स अफिसमा फ्लप भयो । लाल सिंह चड्डा रिलिज हुने बेला बोयकटको ट्रेन्ड चलेको थियो । यतिबेला आमिरका भाइ फैसल खानको पुरानो अन्तरवार्ता भाइरल भएका थिए । यसै भन्ने हो भने लाल सिंह चड्डा रिलिजका बेला दुई भाइ सोसल मिडियामा छाइरहेका थिए । फिल्म फ्लप हुँदा आमिर दुई महिनाको ब्रेकमा जाने अड्कलबाजी गरिँदै छ । तर के तपाईंलाई फैसल खान कहाँ छन् भन्ने थाहा छ ?
फैसल खान यतिबेला बिग बस १६ अस्वीकार गरेका कारण चर्चामा छन् । अब जब फैसल चर्चामा आएका छन् त उनी कहाँ छन् र के गरिरहेका छन् भन्ने जानकारी धेरैले पाउन चाहिरहेका छन् । यस्तोमा उनीबारे जानकारी यस्तो छ ।
फैसल खान आफ्ना भाइ आमिर खानजस्तो बलिउडमा सफल हुन सकेनन् । यी दुईले फिल्म मेलामा सँगै काम गरेका थिए । तर फिल्म नराम्रोसँग फ्लप भयो । फैसलको फिल्मी करियर नचलेपछि उनी टिभीतर्फ हानिए । तर त्यहाँ पनि अभिनेताले विशेष कमाल देखाउन सकेनन् ।
फैसल फिल्ममा आज पनि काम गर्छन् तर उनी साउथको फिल्ममा पनि देखिन्छन् । तर उनको यो फिल्म कहिले आउँछ कहिले थिएटर्सबाट निस्कन्छ, यसबारे कमैलाई थाहा छ । फैसल खानको पछिल्लो फिल्म यसै वर्ष रिलिज भएको छ । यो कन्नड फिल्म थियो । यसको नाम ओपान्डा थियो ।
फैसल खानले सन् १९६९ मा प्यारका मौसम फिल्मबाट डेब्यु गरेका थिए । त्यसपछि उनी ‘कयामत से कयामत तक, जो जिता वही सिकन्दर, मेला, मदहोश, दुश्मनी, बोर्डर हिन्दुस्तानका, बस्ती, चान्द बुझ गया, चिनार दास्तान ए इश्क, फ्याक्ट्री’ मा देखिए । फैसलले टिभी सिरिज आँधीमा पनि काम गरेका थिए ।
फिल्म प्यारका मौसमका बेला फैसल खान तीन वर्षका थिए । यसमा उनको क्यामिरो रोल थियो । पहिलो मुख्य भूमिका फैसलले फिल्म मदहोशमा निभाएका थिए । त्यसपछि पाँच वर्षको ब्रेकपछि उनी मेला फिल्ममा देखिएका थिए । तर उनको एउटा पनि फिल्म चलेन । त्यसपछि उनले बीचमा १० वर्षको ब्रेक लिए र चिनार दास्तान ए इश्कबाट कमब्याक गरे तर नतिजा फ्लप नै रह्यो ।
फैसल खान अभिनेता हुनुका साथै गायक तथा निर्देशक पनि हुन् । फैसलले फिल्म फ्याक्ट्रीबाट निर्देशनमा हात हालेका थिए । उनले फिल्ममा गीत पनि गाएका थिए ।
फिल्ममा कमै देखिने फैसल खान सोसल मिडियामा छाइरहन्छन् । फैसल खान इन्स्टामा निकै सक्रिय छन् । उनका १९.७ हजार फलोअर्स छन् । फैसल इन्स्टाको लाइभ भिडियोमा प्रशंसकसँग कुराकानी पनि गर्छन् ।
फैसलबारे थप जानकारी पाउन चाहनुहुन्छ भने उनलाई इन्स्टाग्राममा फलो गर्नु नै राम्रो विकल्प हुनेछ । उनको दैनिकी कस्तो रहन्छ इन्स्टाग्राममार्फत् थाहा पाउन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण